कतारमा यात्रा प्रतिबन्ध कसरी जाँच गर्ने ?

कतारमा नयाँ श्रमिक कानुन लागु भईसकेपनि यात्रामा लाग्ने प्रतिबन्ध भने अझै हटिसकेको छैन् । यात्रामा प्रतिबन्ध विशेषगरी अपराधिक क्रियाकलापको आरोप परेकाहरुलाई लागाइने गरिन्छ । तैपनि कतार छोडेर फेरी फर्कने सोच भएका आप्रवासी कामदारहरुले सरकारी वेबसाइट बाट यात्राको प्रतिबन्ध बारे जानकारी लिन सकिन्छ । यदि यात्राको प्रतिबन्ध परेको खण्डमा भने कामदारले कतार छोड्न अगाडी नै आधिकारिक स्रोत संग परामर्श लिनपर्ने हुन्छ ।
कसरी गर्ने त यात्रा प्रतिबन्धको जाँच ?
१.www.portal.gov.qa मा लग इन गर्नुहोस ।
२.आफ्नो आइडी वा कार्यरत कम्पनीको नाम हाल्नुहोस ।
३. General services रोज्नुहोस त्यसपछि list of travel ban circular मार्फत आफ्नो आइडीको रेर्कड हेर्नुहोस ।
४.साइन इन गरेपछि कुनै प्रतिबन्ध छ वा छैन बारे थाहा पाउन सकिन्छ ।
कतारका अरु धेरै समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस ।