रवि लामिछानेलाई थप चार दिन हिरासत राख्न अनुमति

काठमाडौं,मंसिर २३-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आज, कास्की अदालतमा उनलाई म्याद थपका लागि पेश गरिएको थियो ।
अदालतले अभियोगको थप अनुसन्धानका लागि प्रहरीलाई समय दिएको हो । लामिछानेका समर्थकहरूले उनको हिरासतप्रति आपत्ति जनाउँदै आएका छन् ।लामिछाने र गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष समेत रहेका पूर्व डीआईजी छविलाल जोशीविरुद्ध पर्समा पनि पक्राउ पुर्जी जारी भएको छ ।
अब पोखरापछि उनलाई पर्सा ल्याउने तयारी छ । यसअघि रुपन्देही, काठमाडौं र चितवन लगिएको थियो ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो