आफू विरुद्ध समाचार लेखेका पत्रकारलाई कारबाहीको माग गर्दै हर्कले लेखे गृहमन्त्रीलाई पत्र

काठमाडौं, मंसिर २३-

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफू विरुद्ध समाचार लेखेका पत्रकारलाई कारबाही गर्न माग गर्दै गृहमन्त्रीलाई पत्र लेखेका छन् ।

आइतबार सामाजिक सञ्जालमा सेयर गरेको पत्रमा साम्पाङले खोज पत्रकारिता केन्द्रका पत्रकार गोपाल दाहाल र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषिलाई कारबाही गर्न पत्रमा माग गरेका छन् ।

‘मैले नक्कली माओवादी बनेर चन्दा असुलेको भन्ने भ्रामक झुटो समाचार प्रकाशन गरी मेरो चरित्र हत्या गर्ने प्रयास गरेको’ आरोप उनले पत्रकार दाहाललाई लगाएका छन् ।

महासंघ सुनसरीका अध्यक्ष ऋषिलाई उक्त समाचार सामाजिक सञ्जालमा पोस्ट गर्दै भ्रम फैलाउने काम गरेको भन्दै कारबाहीको माग गरेका हुन् ।

प्रेस स्वतन्त्रताको नाममा व्यक्ति र पद दुवैको मानहानि हुने गरी निराधार, भ्रामक र सामाजिक शान्तिमा खलल ल्याउने किसिमको समाचार बनाउने र दुष्प्रचार गर्ने दुवै जनालाई पार्टीगत आबद्धता नहेरी निष्पक्ष रूपमा कारबाही गर्न उनले माग गरेका छन् ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button