लेबनानमा इजरायली हवाई आक्रमणमा १० जनाको मृत्यु, नौ घाइते

काठमाडौं, कात्तिक २०-

दक्षिणी र पूर्वी लेबनानका विभिन्न क्षेत्रमा इजरायली हवाई आक्रमणमा परी १० जनाको मृत्यु भएको छ । नौजना घाइते भएका छन् ।

लेबनानी सिभिल डिफेन्सको एक अज्ञात स्रोतले दक्षिणी लेबनानको सइदा छिमेकमा इजरायली आक्रमणमा तीनजनाको मृत्यु र नौ व्यक्ति घाइते भएका जनाएको छ ।

यस्तै, पूर्वी लेबनानको माचघारा सहरमा गरिएको आक्रमणमा तीन सर्वसाधारणको मृत्यु भएको छ । दक्षिणी लेबनानको जबल अल–बाटम गाउँमा थप दुईजनाको मृत्यु भएको छ ।

इस्लामिक स्वास्थ्य प्राधिकरणका दुई प्यारामेडिक दक्षिणी लेबनानको बाजोरीह नगरपालिकामा मारिएका थिए ।

सन् २०२३ अक्टोबर ८ मा युद्ध सुरु भएदेखि लेबनानमा इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ९८६ पुगेको छ । घाइतेको संख्या १३ हजार ४०२ पुगेको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button