एनपीएलः सुदूरपश्चिमको अपराजित यात्रा टुंगियो, चितवनको तेस्रो जित

काठमाडौं,मंसिर २३-

नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोएल्सको अपराजित यात्रामा पूर्णबिराम लागेको छ ।

आफ्नो चौथो खेलमा सुदूरपश्चिम चितवन राइनोजसँग ३३ रनले पराजित भएको हो । हारपछि सुदूरपश्चिमले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । चौथो खेलमा तेस्रो जितसहित चितवनले सदूरपश्चिमसँग अंक बरबारी गरेको छ । समान ६ अंक भएपनि रनरेटका आधारमा सुदूरपश्चिम दोस्रो र चितवन तेस्रो स्थानमा कायम छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८.२ ओभरमा १३१ रनमा अलआउट भयो । सुदूरका लागि इशान पाण्डेले सर्वाधिक ३५ रन बनाए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६४ रनको योगफल तयार पारेको थियो। उसका लागि हसन इशाखिलले ५२ बलमा ३ छक्का र ६ चौकाको मद्दतमा ६५ रन बनाए ।

रवि बोपारा ३६ रनमा क्याच आउट भए । मात्र १८ बलमा समान २९२ छक्का र चौका प्रहार गरे । विपिन रावलले १७ रन बनाउँदा क्याप्टेन कुशल मल्ल १३ रनमा बोल्ड भए ।

सुदूरपश्चिमका लागि स्कोट कुग्गेलिनले २ तथा दीपेन्द्रसिंह ऐरी, ब्रेन्डोन म्याकमुलेन र सैफ जैबले समान एक-एक विकेट लिए ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button