प्रधानमन्त्रीले रविलाई लक्षित गर्दै भने ‘देश चलाउन सहकारी ठगेजस्तो सजिलो छैन’

झापा, मंसिर २३-

प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहकारी ठगेजस्तो सजिलो नहुने बताएका छन् । आफ्नै गृहनगर दमकमा निर्मित १८ तले भ्यु टावरको उद्घाटनपछि ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति इंगित गर्दै भने, ‘देश चलाउन सिद्धान्त, नीति, संकल्प र अठोट चाहिन्छ, सहकारी ठगेजस्तो सजिलो कहाँ छ र?’

प्रधानमन्त्री ओलीले दमक व्यापारिक कम्प्लेक्स नयाँ किसिमको विकास मोडेल भएको पनि जिकिर गरे । सय मिटर अग्लो र १८ तले कम्प्लेक्सबाट रोजगारीसँगै पर्यटन विकासको सम्भावनाको ढोका खुलेको उनको दाबी थियो ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button