जनताले प्रमुख दलहरूबाट नै मुलुक सुधारको अपेक्षा गरेका छन्ः महासचिव पोखरेल

काठमाडौँ, कात्तिक ३०-
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनताले कांग्रेस–एमालेप्रति नै विश्वास र भरोसा गरेको बताएका छन्।
शुक्रबार पार्टी मुख्यालय च्यासलमा पार्टीको तर्फबाट आगामी मंसिर ७ गते काठमाडौंमा आयोजना हुने जागरण सभा कार्यक्रमको जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सो दाबी गरेका हुन्।
महासचिव पोखरेलले प्रमुख दलहरूप्रति जनता असन्तुष्ट छन् भन्ने कुरा गलत हो भन्ने सन्देश दिन पनि पार्टीले सो जागरण अभियान सञ्चालन गर्न लागेको स्पष्ट पारे। नेपाली जनताले प्रमुख दलहरूबाट नै मुलुकमा सुधारको अपेक्षा गरेको महासचिव पोखरेलको जिकिर थियो।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो