आज एनपीएलमा ब्रेक, भोलि चितवन र लुम्बिनी, कर्णाली र पोखरा भिड्ने

काठमाडौं, मंसिर २४-

नेपाल प्रिमियर लिग (एनपीएल)को आज कुनै पनि खेल रहेका छैनन् । अघिल्लो शुक्रवार देखि सुरू भएको एनपीएलको जारी खेलमा सोमवार भने ब्रेक लिइएको हो ।

अहिलेसम्म एनपीएलमा चौधवटा खेल भइसकेका छन् । जसमध्ये जनकपुर बोल्टसले अपराजित हुँदै चौथों पटक पनि खेल जितेको छ ।

अहिलेसम्मकै सर्वाधिक रोचक खेल मध्ये जनकपुर बोल्टसले लुम्बिनी लायन्सलाइ १ रनले पराजित गरेर हिजो अप्रत्याशित नतिजा निकालेको थियो भने सुदुरपश्चिमको अपराजित यात्रामा ब्रेक लगाउँदै ३३ रनले चितवन राइनोजले बाजी मारेको थियो ।

भोलि (मंगलवार) पनि दुई खेल हुनेछन् । भोलि बिहान ९ः१५ बजे हुने खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स भिड्ने छन् भने दिउँसो १ः१५ बजे हुने खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर भिड्ने छन् ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button