सत्ता गठबन्धन कसिलो बनाउने भन्दै संयन्त्र निर्माण

काठमाडौँ, कात्तिक २१-

कांग्रेस एमालेले सत्ता गठबन्धन झन् कसिलो बनाउने भन्दै दुई दलीय संयन्त्र निर्माण गरेका छन् । प्रतिपक्ष दलले गठबन्धनमा समस्यामा फस्न लागेको आरोप लगाइरहेका बेला दुई दलले सोमबार संयन्त्र बनाएका थिए ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सरकारका कामलाई प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि संयन्त्र निर्माण गरेको बताए ।

संयन्त्रमा गठबनमधन निर्माणका बेला भएको संविधान संशोधनलगायत सात बुँदे सहमति कार्यान्वयन र सरकारको साझा न्यनुतम कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यानवयनमा लैजान भूमिका खेल्ने नेताहरुको भनाइ छ ।

संयन्त्रको शीर्ष तहमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा रहने गरी आठ सदस्य छन् ।दुई दलीय संयन्त्रमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु देउवा र एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल रहेका छन् ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button