लेब्सिअर अस्पतालबाट भाइरसको अन्तिम बिरामी डिस्चार्ज

लेब्सिअर अस्पतालमा उपचार भैरहेका कोरोना भाइरसका अन्तिम बिरामीलाई रोग मुक्त गरि अस्पतालले हिजो डिस्चार्ज गरेको छ । भाइरसको महामारी संगै गएको मे महिना बाट सेवा सुरु गरेको सो फिल्ड अस्पताल कतारमा कोरोना मुक्त हुने तेस्रो अस्पताल बन्न सफल भएको छ । यसअघि गत जुलाईमा रस्लाफान अस्पताल र मिसाइद अस्पतालले आफ्नो सबै कोभिड-१९ को बिरामीलाई डिस्चार्ज गरेको थियो ।
महामारी यता अस्पतालले १,८८४ भन्दा बढी बिरामीको सफल उपचारमा २० स्वास्थ्यकर्मी तथा ७० स्टाफ लागि परेको अस्पतालका प्रमुख अब्दुलाह रशिद अल नैमीले बताउनु भएको छ । रक्षा मन्त्रालयले छोटाे समयमा नै अस्पताल निर्माण गरि स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो