भरतपुर अस्पतालका पूर्व मेसु डा. केशवराज भुर्तेलले पाए सफाइ,विशेष अदालतको फैसला सर्वोच्चले उल्टयायो

चितवन,मंसिर २४-

सर्वोच्च अदालतले चितवनको भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन्ट डा.केशवराज भुर्तेललाई गैरकानुनी सम्पत्तिआर्जनको भ्रष्टाचार मुद्दाबाट सफाइ दिएको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासले भुर्तेललाई भ्रष्टाचारी ठहर गर्ने विशेष अदालतको फैसला उल्ट्याएको हो ।

चार पटकसम्म भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट बनेका भुर्तेलमाथि पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग थियो । विशेष अदालतले डा.भुर्तेललाई ३ महिना कैद अनि ३२ लाख ५६ हजार रुपैयाँ बिगो र त्यति नै जरिबाना गराउन आदेश दिएको थियो । उनकी पत्नी रुकमिणीले पनि आरोपबाट सफाइ पाएकी छन् ।

डा. भुर्तेलमाथि भवन निर्माणमा ठेकेदारसँग मिलेर अनियमितता गरेको, उपकरण खरिदमा भ्रष्टाचार गरेको केजको जग्गा भाडामा दिँदा व्यक्तिगत लाभ लिएको लगायतको आरोपसहित गैरकानुनी सम्पत्तिआर्जन गरेको अभियोग थियो । अख्तियारले उनीविरुद्ध २ करोड ६३ लाख भ्रष्टाचार गरेको अभियोग सहित ११ फागुन, २०७२ मा मुद्दा दायर गरेको थियो । ३ करोड ७२ लाख आर्जन गरेका उनले चार करोड ५ लाखको सम्पत्ति जोडेको भन्दै विशेष अदालतले ३३ लाख ५६ हजार भ्रष्टाचार गरेको ठहर गरेको थियो ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button