सरकारको काम सन्तोषजनक छैन : कांग्रेस नेता निधि

जनकपुर, मंसिर २५-

नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले वर्तमान सरकारको काम, कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । जनकपुरधाममा महेन्द्रनारायण निधीको जीवनमा आधारित पुस्तक ‘नेपालका निधी’को लोकार्पण समारोहमा बोल्दै उनले सरकारप्रति असन्तुष्टि पोखेका हुन् ।

उनले आफू अहिलेको सरकारले गरेको काम, कारबाहीबाट सन्तुष्ट नरहेका बताए । अहिलेको सरकारबाट आफूले धेरै कामको आशा पनि नगरेको बताए । उनले धेरै आशा गर्दा काम कम हुने र रिस उठ्ने भन्दै धरै कामको अपेक्षा नै नराखेको उल्लेख गरे ।

वर्तमान सरकारले सम्झौताअनुसार दुई वर्षपछि इमानदारितापूर्वक सत्ता हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिए । सत्ता हस्तान्तरणमा विवाद आउनु नहुनेमा उनले जोड दिए ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button