कतारमा “लुट २” को दोस्रो शो पनि हाउसफुल

कतारमा लुट २ को दोस्रो शो पनि हाउसफुल भएको छ । हिजो ग्रान्ड मल स्थित एसियन टाउन सिनेमाको हल नं ३ मा प्रर्दशन भएको चलचित्र हेर्ने दर्शकहरुको फेरी पनि ओइरो लागेको थियो ।यसअघि सोही स्थानमा गत मार्च १० तारिख प्रर्दशन भएको चलचित्र हाउसफुल रहेको थियो ।
निश्चल बस्नेत द्धारा निर्देशित चलचित्र “लुट २’’ मा दयाहाङ राई, सौगात मल्ल, कर्मा, ऋचा शर्मा, बिपिन कार्की लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
चलचित्रलाई हाईलाइट्स नेपाल, कन्सेफ्ट भिजन र क्यु एन खबर को समन्यबयमा कस्तो राम्रो इभेन्ट्सले कतारमा ल्याएको हो ।प्रर्दशनको बढ्दो माग संगै चलचित्र अर्को हप्ता अल खोरमा प्रर्दशन गराउने तयारी पनि भइरहेको छ ।

