रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौँ, कात्तिक २४-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालयमा बैठक केहीबेर अघि सुरु भएको प्रमुख सचेतक सन्तोष परियारले बताए ।
बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीको साङ्गठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षका मोडालिटीबारे छलफल भइरहेको बताइएको छ ।
साथै आगामी मङ्सिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको तयारी र परिचालनबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो