दुबई भन्दै कुवेत पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं, मंसिर २५-

दुबई भन्दै कुवेत पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ का २६ वर्षीय धर्म तामाङ र सोही ठाउँका माइला लामा पाख्रिन भनिने ३९ वर्षीय टीकाराम तामाङ छन् ।

उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

उनीहरूले फ्री भिसा फ्री टिकटमा राम्रो आम्दानी हुने भन्दै दुबई भनेर कुवेत पुर्‍याएर एक महिलालाई बेचबिखन गरेको आरोप छ । ती महिलालाई ४ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पुर्‍याइएको र त्यसको भोलिपल्ट त्यहाँबाट कुवेतको अलजारा भन्ने ठाउँमा पुर्‍याइएको थियो ।

कुवेती नागरिकले घरेलु काममा लगाई यौन शोषण गर्ने र यातना समेत दिने गरेको पीडितले प्रहरी समक्ष बताएकी छिन् ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button