चीनसँग हार्यो कतार,साउदी अरेबिया विश्वकपको लागि छनौट

कतारले विश्वकप छनौट चरणको अन्तिम खेलमा चीन संग हार बेहोरेको छ।हिजो बेलुका खलिफा रंगशालामा भएको खेलमा कतार २-१ ले पराजित भएको हो।
दुबै पक्षको फितलो प्रदर्शनको पहिलो हाफमा कुनै गोल हुन सकेन।खेलको दोस्रो हाफको पहिलो मिनेटमा आक्रमक बन्दै कतारले खाता खोल्न सफल भएको थियो।कतारका लागि ४६ औं मिनेट मा अक्रम अफिफले गोल गरेका थिए।
खेलको ७४ औं मिनेटमा छियो झि ले बराबरी गोल फर्काए।त्यसपछि प्रतिस्पर्धात्मक बनेको खेलको ८०औं मिनेट मा चीनको कप्तान झेङ झि ले कतारका अफिफलाई वन टु वन स्थितिमा लडाएपछि रातो कार्ड खाँदै बाहिरिनु परेको थियो।
त्यसपश्चात केही सुनौलो मौका पाएको कतारले गोल भने गर्न सकेन।बरु १० खेलाडीमा सीमित चीनले ८३ औं मिनेटमा वु लेइको आकर्षक प्रहार मा निर्णायक गोल गर्न सफल भयो।
कतारलाई हराएपनि चीन विश्वकपको लागि छनौट भएन
कतारलाई २-१ ले हराएपनि चीनले अर्को वर्ष रुसमा हुने विश्वकपमा आफ्नो स्थान भने सुरक्षित गर्न सकेन।आफू प्ले अफ राउण्ड सम्ममा पर्न कतार संग भारी अन्तरले जित्नुपर्ने र उज़्बेकिस्तान र सिरियाले आफ्नो खेलमा हार्नै पर्ने स्थितिमा बसेको चीनले यी दुबैमा हार बेहोर्न पर्यो।सिरियाले समूहको विजेता ईरान संग २-२ को बराबरी खेल्यो भने उज्जबेकिस्तान ले दक्षिण कोरिया संग गोलरहित बराबरी खेल्यो।
खेल सँगै समूह ए बाट ईरान र दक्षिण कोरिया विश्वकपको लागि छनौट भयो भने सिरियाले प्ले अफ सम्म पुगेर आफ्नो आशा जीवितै राखेको छ।
उता छिमेकी राष्ट्र साउदी अरेबिया भने विश्वकपको लागि छनौट भएको छ।समूह बी मा परेको साउदीले ६ खेल जित्दै समूहको दोस्रो स्थान सुरक्षित गरेर छनौट भएको हो।

