सिन्धुपाल्चोकमा जुवातास खेलिरहेका आठजना पक्राउ

काठमाडौं, मंसिर २५-
सिन्धुपाल्चोकमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोटेकोसी गाउँपालिका–२, तातोपानीका ३० वर्षीय होमबहादुर गुरुङसहितका व्यक्तिहरू छन् ।
भोटेकोसी गाउँपालिका–४, आठकिलोका साङदोर्जे शेर्पाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार (हिजो) साँझ उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद १९ हजार ६८४ रुपैयाँ र ज्याकपट क्यासिनो मेसिन दुईथानसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो