भरतपुरमा श्रीमानको कुटपिटबाट श्रीमति गम्भीर घाइते

चितवन, मंसिर २२-

भरतपुर महानगरपालिका–२ आँपटारीमा श्रीमानको कुटपिटबाट एक महिला गम्भीर घाइते भएकी छन् ।

स्थानीय मिलनटोल बस्ने चित्रमान राइले आफ्नै श्रीमति ७० वर्षीय ललिता राईलाई आज बिहान ४ः५० बजे सुतिरहेको अवस्थामा काठ तास्ने बसिला प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।

गम्भीर घाइते ललिताको भरतपुर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । श्रीमतिलाई कुटपिट गर्ने चित्रमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ललिताको उपचारमा संलग्न छिमेकी रिना भट्टका अनुसार श्रीमतिले पैसा नदिएपछि चित्रमानले कुटपिट गरेका हुन् । श्रीमान श्रीमतिबीच घरायसी झगडा भइरहने गरेको भट्टले बताइन् ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button