पहिलो दिनमा एक सय बढीले खोप लगाए

कोरोनाभाइरसको सुरक्षित, प्रभावकारी र अनुमोदित खोप निशुल्क प्रदान गर्ने विश्वकै पहिलो देशहरुमा पर्ने कतारले हिजो बाट देशभर आज सम्मकै सबैभन्दा ठूलो खोप अभियान सुरु गरेको छ । अभियान सुरु भएको पहिलो दिनमा एक सय भन्दा बढीले खोप लगाएका छन् ।
कतार युनिवर्सिटीका पूर्व प्रमुख अब्दुल्लाह अल कुबैसी कतारमा भाइरस विरुद्ध फाइजर-बायोटेक कम्पनीको खोप लगाउने पहिलो व्यक्ति बनेका छन् ।
७९ वर्षीय कतारी नागरिक अल कुबैसीले खोप अभियानको पहिलो चरणमा अन्तर्गत अल वाज्बाह स्वास्थ्य केन्द्रमा हिजो बिहान ८:४५ बजे खोप लगाएका थिए । त्यस्तै ८८ वर्षिय सिरियाली नागरिक मोहम्मद फ्रेजाट कतारमा खोप लगाउने दोस्रो व्यक्ति र पहिलो प्रवासी बनेका छन् ।
देशभरका सात स्वास्थ्य केन्द्रहरूमा संचालित खोप अभियान अन्तर्गत ७० बर्ष भन्दा बढी उमेरका व्यक्तिहरू,दीर्घकालीन रोग भएका बिरामी र अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीलाई प्राथमिकता दिइएको छ ।
खोपको पहिलो चरण जनवरी ३१ सम्म जारी रहनेछ । एकपटक खोप लगाइसकेका व्यक्तिले अर्को शट २१ दिनपछि पुन लगाउनुपर्नेछ । विभिन्न चरणको निमायक अनुमोदन गरिसकेकाले खोप सुरक्षित रहेको छ ।
मन्त्रालयले आयोजना गरेको हिजोको एक इन्स्टाग्राम प्रत्यक्ष कार्यक्रममा बोल्दै कोभिड-१९ खोपका प्रमुख डाक्टर सोहा अल बयातले हरेक व्यक्तिले अनिवार्य खोप लगाउनुपर्ने नभएपनि भाइरस बाट आफू संगै अरुलाई बचाउन स्वास्थ्य मन्त्रालयले सबैलाई लगाउन आग्रह गरेको बताउनुभयो । हालसालै युकेमा देखिएको अर्को प्रकारको कोरोनाभाइरस विरुद्ध पनि यो खोपले काम गर्ने उहाँले बताउनुभयो ।