कतार छोड्न तपाईंलाई एक्जिट परमिट चाहिन्छ कि चाहिँदैन कसरी हेर्ने ?

गएको अक्टोबर २८ देखि कतारमा कार्यरत सम्पूर्ण श्रमिकहरुलार्इ अब कतारबाट बाहिरिदा चाहिने ‘एक्जिट परमिट’ अर्थात खुरुज पेपर नचाहिने ब्यवस्था लागू भइसकेको छ। यसको मतलब श्रम कानून अन्तर्गत पर्ने आप्रवासी कामदारलाई बिदामा वा अस्थायी रुपमा कतार छोड्न कम्पनीको अनुमति चाहिँदैन।
यद्यपि गहना पसल, बैंकका कर्मचारी लगायत कामको वातावरण हेरेर पूरा कामदार मध्येको ५ प्रतिशतलाई अनुमति बिना देश छोड्न नदिने अधिकार भने अझै कम्पनी सँग सुरक्षित रहनेछ ।
कतारका अमिर शेख तमिम विन हमाद अल थानीले गत महिना आप्रवासी कामदारको प्रवेश, गमन तथा आवास प्रावधान रहेको २०१५ को श्रम कानून नम्बर २१ लाई केही परिमार्जित गर्दै २०१८ को कानून नम्बर १३ जारी गर्नुभए पछि गमन पत्रको आवश्यकता खारेज भएको हो।

कतार छोड्न तपाईंलाई कम्पनीको अनुमति चाहिन्छ कि चाहिँदैन यसरी हेर्नुहोस्।
१. मेट्राश २ एप वा आन्तरिक मन्त्रालयको वेबसाइटमा जानुहोस्।
- moi.gov.qa मा जाने ।
- inquires मा थिच्ने ।
- हवाईजहाज चिन्ह भएको बटनमा थिच्ने।
- leave notification inquiry मा थिच्ने।
२. एक्जिट परमिट जानकारीमा थिच्नुहोस् ।
३. आफ्नो आईडी नम्बर हाल्नुहोस्।
४. बक्समा भएको नम्बर वा अक्षर हुबहु लेख्नुहोस् र शर्चमा थिच्नुहोस्।