दुई हजारले बढ्यो सुनको मूल्य

काठमाडौँ, मंसिर २६-
नेपाली बजारमा आज (बुधवार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला २ हजारले सुनको मूल्य बढेको हो । योसँगै हिजो (मङ्गलवार) तोलाको १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको सुनको मूल्य आज १ लाख ५४ हजार २ सय कायम भएको छ ।
बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । मङ्गलवार तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएकोमा बुधबार पनि सोही मूल्य तय भएको हो ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो