नौ वर्षमा विदेशी भूमिमा साढे ५ हजार नेपालीले ज्यान गुमाए

वैदेशिक रोगजारीका क्रममा विदेशिने नेपाली कामदारको मृत्युको तथ्याङ्क डरलाग्दो देखिएको छ । आर्थिक वर्ष (आव) २०७३/७४ को आर्थिक सर्वेक्षणका अनुसार विगत नौ वर्षमा वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा कार्यरत् ५ हजार ४ सय ४४ जनाले ज्यान गुमाएका छन् ।

सर्वेक्षणका अनुसार आवरण २०६५/६६ देखि २०७३/७४ को फागुन महिनासम्ममा ५ हजार ३ सय २८ पुरुष र १ सय १६ जना महिलाले रोजगारीका क्रममा विदेशमा मृत्युवरण गरेका छन् । चालू आवरणको फागुन सम्ममा मात्र ३ सय १५ जनाले विदेशी भूमिमा ज्यान गुमाएका छन् । जसमा ३ सय ८ पुरुष र ७ महिला छन् ।

चालू आवरणको फागुनसम्ममा विदेशमा मृत्युवरण गरेका मृतकका परिवारलाई ९ करोड ४० लाख १५ हजार रुपैयाँ र अंगभंग तथा घाईते भएका १ करोड ५८ लाख ९१ हजार रुपैयाँ आर्थिक सहायता दिइएको सर्वेक्षणमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button