नाकाबन्दीका कारण कतार एयरवेजलाई ६९ मिलियन डलर घाटा

अल जजिरा

छिमेकी राष्ट्रहरू बाट जारी नाकाबन्दीका कारण कतार एयरवेजले ६९ मिलियन अमेरिकी डलर घाटा बेहोर्नु परेको छ। कम्पनीले यसलाई २० वर्षे इतिहासकै “कडा चुनौतीको घडी” भनेको छ। 

कतारको राष्ट्रिय ध्वजाबाहकले गएको मंगलबार आफ्नो वार्षिक रिपोर्ट प्रकाशित गर्दै घाटा बेहोर्नुपरेको र सिट एकुपेन्सी १९ प्रतिशतले घटेको बताएको छ। नाकाबन्दीका कारण एयरवेजले छिमेकी राष्ट्रहरूको जम्मा १८ वटा गन्तव्य गुमाएको छ। यो भन्दा पछिल्लो वर्षको वार्षिक रिपोर्टमा कम्पनीले ५४१ मिलियन अमेरिकी डलर आम्दानी गरेको थियो।

गत वर्षको जुन ५ मा छिमेकी राष्ट्र साउदी अरेबिया,युएई,बहराइन र इजिप्ट बाट जिसीसी सम्झौताको उल्लंघन गर्दै सुरु भएको अवैधानिक नाकाबन्दी नै आफ्नो घाटाको प्रमुख कारण रहेको एयरवेजले बताएको छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button