नाकाबन्दी विरुद्ध राष्ट्र संघको भेलामा अमिरको वक्तव्य

कतार विरुद्ध छिमेकी राष्ट्रहरूले लगाईरहेको नाकाबन्दी एक स्वतन्त्र देश माथिको हस्तक्षेप र आतंकवादको स्वरूप रहेको अमिर शेख तमिम बिन हमद अल थानीले हिजोको अमेरिकामा भएको राष्ट्र संघको भेलामा बताउनुभएको छ।

नाकाबन्दीको मार्फत कतारको  बासिन्दालाई खाद्यान्न,औषधि तथा पारिवारिक सम्बन्धमा समस्या उत्पन्न गराएर देशको राजनीतिक नीति र सार्वभौमता परिवर्तन गराउने छिमेकी राष्ट्र लक्ष्य रहेको बताउनुभयो। के यो आतंकवादी तरिका भएन र? उहाँले थप्नुभयो।

आफ्नो वक्तव्यको क्रममा दुई पटक जति अमिरले खाडी राष्ट्र र ईरान बीचको सम्बन्ध सुधार्न सबैमा ध्यानकर्षण गराउनुभयो।वार्ताका लागि उहाँले खाडी राष्ट्रबीचको निष्पक्ष सम्बन्ध,अरूको देशको सार्वभौमताको कदर र अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नपाउने नीति अघि सार्नुभयो।

छिमेकी राष्ट्रहरूले लगाएको आतंकवादको आरोप नकार्दै कतार सधैं आतंकवादको विरोधी भएको र यस विरुद्ध लड्ने उदेश्य कतारको मुख्य प्राथमिकता रहेको प्रष्ट पार्नुभयो।

संघको भेलामा अमिरको यो चौथो उपस्थिति हो।२०१३ मा कतारको अमिर बने लगत्तै उहाँले राष्ट्र संघमा आफ्नो पहिलो वक्तव्य राख्नुभएको थियो।अमिरले अरब सञ्जाल र यसमा कतारको भूमिका बारे अवगत गराउनुभएको थियो।

त्यतिबेला खाडी राष्ट्रबीचको संक्रमणकालीन अवस्थामा भएको समस्या र त्यसको वार्ताको लागि कतार एक सुरक्षित स्थान रहेको बताउनुभएको थियो।

त्यस्तै हिजोको वक्तव्यमा पनि अमिरले विगतमा कतारले खाडी राष्ट्रबीच भएको मतभेदमा गरेको मध्यस्ताको काम गर्न कतार एक सुरक्षित स्थान भएको र अझै पनि त्यस्ता काम गर्न कतार इच्छुक रहेको दोहोर्याउनु भयो।

खाडी समस्याकै बारेमा बोल्दै अमिरले म्यानमारमा रोहिंज्याबासीको गम्भीर अवस्था बारे पनि सबैमा ध्यानकर्षण गराउनुभयो। त्यहाँ दमनमा परेका बासिन्दाहरू आफ्नै भाग्यमा फसेको कुरा विश्वभरले बुझेको प्रति दुःख व्यक्त गर्नुभयो।

त्यस्तै प्यालेस्टाइन,इजरायल,यमन,सिरिया,इराक लिब्या लगायतका राष्ट्रहरूमा दुःख भोगेका बासिन्दाहरुलाई सहयोग गर्न अमिरले सबै अन्तर्राष्ट्रिय माध्यम संग आग्रह समेत गर्नुभयो।

अमिरले ७२ औं राष्ट्र संघ भेलामा हिजो दिनुभएको वक्तव्यमा आधारित ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button