कर्णालीले दियो विराटनगरलाई १३४ रनको लक्ष्य, देव र विलियमको अर्धशतक

काठमाडौं,मंसिर २२-

एनपीएलमा कर्णायली याक्सले विराटनगर किंग्सलाई १३४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णाली अन्तिम बलमा अलआउट हुँदै १३३ रन बनाएको हो ।

कर्णालीका लागि देव खनाल र विलियम बोसिस्टोले अर्धशतकीय पारी खेले । विलियमले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६६ रन जोडे । देव खनालले ४८ बलमा ४ चक्का र २ छक्का प्रहार गर्दै ५३ रन बनाए । शिखर धवनले ५ रन जोडे । अन्य खेलाडीले दोहोरा अंक छुन सकेनन् ।

विराटनगरका लागि प्रतिश जिसीले ४, क्रिश सोल र बसिर अहमदले २ तथा अकिब इलियासले १ विकेट लिए । टस जितेर विराटनगरले पहिले बलिङ रोजेको थियो ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button