चितवनमा लैङ्गिक समानता र सामाजिक समावेशी सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन सुरु

चितवन, मंसिर २७
चितवनमा लैङ्गिक समानता र सामाजिक समावेशी सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ ।
संस्कृति र विकासको सन्तुलन सबैको लागि समावेशी वातावरण निर्माण भन्ने विषयमा हिजो (बुधबार) बाट सौराहामा अन्तराष्ट्रिय सम्मेलन सुरु भएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) रामपुर, अमेरिकाको टस्किगी विश्वविद्यालय र भारतको सदगुरु म्यानेजमेन्ट कन्सल्ट्यान्टको आयोजनामा भएको तीनदिने कार्यक्रममा लैगिंक समानता र समावेशीकरण अन्तरर्गतरहि सबैका लागि समान काम गर्ने वातावरण सिर्जना गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयकी कार्यबाहक उपकुलपति तथा प्राध्यापक डा. शारदा थपलियाले बताइन् ।
उनका अनुसार भारत, बङ्गलादेश, पाकिस्तान, अमेरिकाबाट आएका अनुसन्धान कर्ताका साथै नेपालका विज्ञहरुको सहभागिता रहने कार्यक्रममा विद्यार्थीको पनि उपस्थिती रहने छ ।
पिछडिएका महिला तथा सिमान्तकृत वर्गलाई विभिन्न क्षेत्रमा सहभागिता बढाउन कस्ता खाले काम भइरहेका छन् भन्ने विषयमा प्रत्येक देशका विज्ञहरुले धारण राख्ने छन् ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button