अमिर टर्की भ्रमणमा

क्युएनए
अमिर शेख तमिम विन हमाद अल थानी हिजो कामको शिलशिलामा टर्कीको राजधानी अंकारा पुग्नुभएको थियो।अमिर सँगै कतारी प्रतिनिधिहरूलाई इसेन्बोगा अन्तराष्ट्रिय विमानस्थलमा टर्कीको रक्षा मन्त्री नुरेत्तिन कनिक्ली,त्यहाँको उच्च पदाधिकारी, टर्कीका लागि कतारी राजदूत सलेम मुबारक अल शफि लगायत राजदूतावासका कर्मचारीहरु बाट भव्य स्वागत गरिएको थियो।
एकदिने भ्रमणको क्रममा अमिरले त्यहाँको राष्ट्रपति ट्ययीप इरदोगन सँग भेटगरी दुई राष्ट्रबीचको साझा विषयमा सहकार्य बलियो पार्ने,अन्तराष्ट्रिय तथा खाडी क्षेत्र विकासको बारेमा छलफल,विशेषगरी खाडी क्षेत्रको स्थिति लगायत जेरुसेलमको विषय र सिरियाको हालको गतिविधि बारे छलफल गरिएको थियो।
अमिरले राष्ट्रपति इरदोगनको भवनमा आयोजित भोजन कार्यक्रममा समेत भाग लिनुभएको थियो।अमिर हिजै स्वदेश फिर्ता हुनुभएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो