आठ लाख बढी यात्रुहरुले प्रयोग गरे इ-गेट सेवा

गएको मार्च महिना सम्म ८,६५०००० भन्दा बढी यात्रुहरुले हमद विमानस्थल भित्र रहेको इ-गेट सेवा प्रयोग गरेको मन्त्रालयले जानकारी दिएको छ।विमानस्थल भित्र गर्नुपर्ने आवश्यक कागजी कार्यहरु लाइनमा नबसी यस सेवा विधुतिय मेसिन मार्फत १० सेकेन्डमा नै पुरा हुने गर्दछ।साथै यो पूर्ण रूपमा नि:शुल्क रहेको हुँदा यात्रुहरु लाभान्वित भएका छन।
हाल हमद विमानस्थलको आगमन विभागमा २० र गमन विभागमा २१ वटा इ-सेवा मेसिनहरु उपलब्ध छन् र चाँडै नै यसलाई बढाएर प्रत्येक विभागमा ४० वटा मेसिन राखिदैछ।साथै मन्त्रालयले सम्पुर्ण यात्रुहरुलाई यस सेवा प्रयोग गर्न आब्हान समेत गरेको छ।
कतार भित्रने तथा बाहिरिने प्रवाशी यात्रुहरुको सुविधाको निमित्त हमाद एयरपोर्टमा आन्तरिक मन्त्रालयले कतारी परिचय पत्र तथा राहादानी मार्फत हुने इ-गेट सेवा सरकारले यो वर्ष देखि नि:शुल्क गरेको थियो ।कुनै पुर्व दर्ता र बिना शुल्क नै यो सेवा प्रयोग गर्न पाइनेछ । तर यात्रुको कतारी आवाश परिचय पत्र वा राहादानी भने बैधानिक हुनुपर्नेछ ।यो सेवा प्रयोग गर्न पहिले दुई सय कतारी रियाल लाग्ने गर्दथ्यो ।
१८ वर्ष भन्दा कम उमेरको यात्रुर्ले यो सेवा प्रयोग गर्न पाउनेछैन् ।
के हो इ-गेट सेवा ?
इ-गेट सेवा विधुतिय प्रणाली बाट स्वत चल्ने एकप्रकारको मेसिन हो । विमानस्थल भित्र हुने यात्रुको चापलाई घटाउन र छिटो छरितो काम गर्न यो सेवा सुचारु गरिएको हो । यो सेवा प्रयोग गर्दा राहादानी नियन्त्रण अधिकृत द्धारा स्वीकृती लिन वा राहादानीमा प्रस्थान वा आगमनको स्ट्याम्प हान्न पहिलेको जस्तो लामो लाइनमा कुरेर बस्नुपर्ने छैन् । यसले यात्रुको कागजपत्रको गोपनियता तथा सुरक्षा राख्नेछ । यो सेवा प्रयोग गर्नाले धेरै यात्रा गर्दा धेरै स्ट्याम्प लगाउँदा राहादानीको पाना सकिने झन्झट पनि बन्द गर्नेछ ।
यसले कसरी काम गर्छ त ?
१.सुरुमा मेसिनमा हुने इ-रिडरमा आफ्नो परिचय पत्र वा राहादानी देखाउन पर्नेछ । त्यसले तपाईको कागजपत्र जाच्दछ ।
२.त्यसले स्वीकृत गरेपछि यात्रुलाई अरबी वा अङग्रेजी भाषामा अगाडी बढ्ने संकेत दिनेछ ।
३.पहिलो सिसाको ढोका पार गरेपछि,मेसिनले यात्रुको आँखा तथा औठाछाप खिच्दछ । डाटा मिलेको खण्डमा बाहिरिने अन्तिम ढोका आफै खुल्नेछ । त्यसपछि सिधै बोर्डिङ्ग गेट वा सामान जम्मा गर्ने ठाउँमा पुग्न सकिनेछ ।
