भारतको तमिलनाडुमा धेरै वर्षा, विद्यालयहरू बन्द

तमिलनाडु, मंसिर २८-

भारतको तमिलनाडुमा धेरै वर्षाका कारण मदुरै र तिरुनेलवेलीलगायत धेरै जिल्लाहरूमा शुक्रबार विद्यालयहरू बन्द गरिएका छन्। पुडुचेरीमा पनि विद्यालयहरू बन्द रहनेछन्।

अङ्ग्रेजी पत्रिका द हिन्दूका अनुसार शुक्रबार मदुरै र मायेलादुतुराई बाहेक अन्य प्रभावित जिल्लाका शुक्रबार विद्यालयमा बिदा दिने घोषणा गरिएको हो । समाचार एजेन्सी एएनआईका अनुसार तिरुनेलवेलीमा भारी वर्षाका कारण धेरै ठाउँमा पानी जमेको छ ।

बुधबार रातिदेखि तमिलनाडुका धेरै क्षेत्रमा धेरै वर्षा भइरहेको छ । डिसेम्बर १३ सम्म यस्ता धेरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार भारी वर्षाको सम्भावनाका कारण चेन्नई, विल्लुपुरम, तंजावुर, माइलादुथुराई, पुडुक्कोट्टई, कुड्डालोर, डिंडीगुल, रामनाथपुरम, तिरुवरुर, रानीपेट र तिरुवल्लुरमा विद्यालयहरू बन्द रहनेछन्। भारतीय मौसम विज्ञान विभागका अनुसार, ‘बङ्गालको खाडीमा बनेको न्यून चापका कारण डिसेम्बर १३ सम्म तमिलनाडुमा भारी वर्षाको सम्भावना छ।’

यस अवधिमा, तमिलनाडु र पुडुचेरीका धेरै जिल्लाहरूमा भारी वर्षाको सम्भावना छ। विभागले माछा मार्न समुन्द्रमा नजान पनि निर्देशन दिएको छ । एजेन्सी

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button