अन्तिम खेलमा पनि हार्यो लुम्बिनी, कर्णालीको प्लेअफ सम्भावना बलियो

काठमाडौँ, मंसिर २८-
नेपाल प्रिमियर लिग ९एनपीएल०–२०२४ को आफ्नो अन्तिम खेलमा पनि लुम्बिनी लायन्सले हार व्यहोरेको छ । शुक्रबार भएको खेलमा कर्णाली याक्ससँग लुम्बिनी पाँच रनले पराजित भएको हो ।
योसँगै लुम्बिनीले प्रतियोगिताका सात खेलमा एक जित र ६ हारको नतिजासहित आफ्नो यात्रा टुंग्याएको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णालीले प्रस्तुत गरेको १२९ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १२३ रनमात्र बनाउन सक्यो ।
जितसँगै कर्णालीले भने आफ्नो प्लेअफ सम्भावनालाई बलियो बनाएको छ । ६ खेलबाट आठ अंक जोडेको कर्णाली तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो