श्रीमतीको हत्या गरेको अभियोगमा धरानबाट एकजना पक्राउ

काठमाडौं, मंसिर २८-

श्रीमतीको हत्या गरेको अभियोगमा धरानबाट आज एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–२ पुरानो बजार डेरा गरी बस्ने भोजपुरको अरूण गाउँपालिका–६ जरायोटार घर भएका ३७ वर्षीय अमृत रसाईली छन् ।

प्रहरीका अनुसार, श्रीमती २८ वर्षीया सम्झना रसाईलीको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

अमृतले वादविवादको क्रममा खुकुरी प्रहार गर्दा सम्झनाको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button