अल्लू अर्जुन पक्राउ

काठमाडौं, मंसिर २८-
दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन पक्राउ परेका छन्। पुष्पा २ का अभिनेता अल्लूलाई प्रहरीले शुक्रबार पक्राउ गरेको टाइम्स अफ इन्डियाले जनाएको हो।
सन्ध्या थियटरमा पुष्पा २ को प्रिमियरमा भागदौड मच्चिँदा एक महिलाको मृत्यु भएको थियो। डिसेम्बर ४ मा ३५ वर्षीया महिलाको मृत्यु र उनका चार वर्षीय छोरा घाइते भएका थिए।
यस घटनामा मृतकका आफन्तहरूले अल्लू अर्जुनविरूद्ध पनि जाहेरी दिएका थिए। यसै मामिलामा सोधपुछ गर्न उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो