माओवादी केन्द्र चितवनका जिल्ला नेता अबिरल पोखरेल एमाले प्रवेश

चितवन, मंसिर २९ –
नेकपा माओवादी केन्द्र चितवनका जिल्ला कमिटी सदस्य अबिरल पोखरेल नेकपा (एमाले) मा प्रवेश गरेका छन् । उनलाई बिहिबार एमाले पार्टी कार्यालय चितवनमा स्वागत गरिएको हो । एमाले पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्य यम बहादुर परियार, एमाले चितवनका अध्यक्ष कमलराज पाठक र सचिव प्रकाश ढुंगाना लगायतले संयुक्तरुपमा पोखरेललाई एमालेमा स्वागत गरे ।
माओवादीका जिल्ला स्तरीय नेताहरु एमालेमा प्रवेश गर्ने क्रम चलिरहेको छ । केही दिन अघि मात्र नेकपा माओवादी केन्द्र चितवनका जिल्ला कमिटी सदस्य दिपेन्द्र बास्तोला नेकपा (एमाले) मा प्रवेश गरेका थिए ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो