एनपीएलमा आज पोखरा र काठमाडौं, चितवन र जनकपुर भिड्दै

काठमाडौं, मंसिर २९-

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछ। चारमध्ये तीन टिमले आफ्नो महत्त्वपूर्ण खेल खेल्नेछन्। त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गुर्खाज भिड्नेछन्। प्लेअफ सम्भावनालाई जीवित राख्न दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण हुनेछ।

अंक तालिकामा काठमाण्डु पोखराभन्दा एक स्थान अगाडि छ। पाँच खेलमा तीन हार र दुई जित निकालेका दुवै टिमको समान ४-४ अंक छ।

पोखराविरूद्धको खेलमा जित निकाल्न सके काठमाण्डुको ६ अंक हुनेछ र तालिकाको चौथो स्थानमा रहेको चितवन राइनोजसँग समान अंक बनाउनेछ। उसले अन्तिम खेल विराटनगरसँग खेल्नेछ।

दोस्रो खेलमा चितवन राइनोजले प्लेअफमा पुगिसकेको जनकपुर बोल्ट्सको सामना गर्दैछ। तालिकाको चौथो स्थानमा रहेको चितवनलाई पनि प्लेअफ सम्भावना जीवित राख्न शनिबारको खेल महत्त्वपूर्ण हुनेछ। उसको यो अन्तिम खेल हो।

यद्यपि लिगमा बलियो सावित जनकपुर उसका लागि कम चुनौतीपूर्ण छैन। यो खेलमा चितवन पराजित भए थप एक खेल बाँकी हुने टिम काठमाडौं र पोखरामध्येको एकलाई फाइदा पुग्नेछ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button