पत्रकार महासंघ चितवनको अध्यक्षमा बसन्तराज पराजुली निर्वाचित

चितवन, मंसिर २९-

नेपाल पत्रकार महासंघ चितवन शाखाको अध्यक्षतमा बसन्तराज पराजुली निर्वाचित भएका छन् । शुक्रवार भएको निर्वाचनको मतगणनाको नतिजा साँझ आएको थियो । मतदानमा २२३ मत खसेकामा अध्यक्षमा निर्वाचित पराजुलीले १३२ मत प्राप्त गरे भने अध्यक्षका प्रत्यासी प्रकाशमणी ज्ञवालीले ९० मत प्राप्त गरे ।

उपाध्यक्षमा दीपेन्द्र अधिकारी र शान्ता अधिकारी र सचिवमा राजेश घिमिरे यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।

सह–सचिवमा खुलातर्फ रविना पौडेल र समावेशीतर्फ राजु चौधरी निर्वाचित भए भने कोषाध्यक्षमा कृष्ण आचार्य अत्यधिक मतका साथ निर्वाचित भएका हुन् ।

सदस्य (आदिवासी जनजाती)मा सुनिलकुमार श्रेष्ठ र सदस्य (दलित)मा सरोज उपरकोटी पनि यसअघि नै निर्विरोध निर्वाचित भएका हुन् ।

सदस्य (महिला)मा अस्मिता पराजुली र सदस्य (खुल्ला)मा कुलप्रसाद काफ्ले, केशव भट्टराई, राजु सापकोटा, बद्री प्रसाद अर्याल, रोहिणी त्रिपाठी, सनद अधिकारी, सुदन पौडेल, सुरेन्द्र पौडेल (सुरज), सुशिल पन्त र हेमराज रिमाल निर्वाचित भएका छन् ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button