गुल्मीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

काठमाडौं, मंसिर २९-

गुल्मीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।

रूपन्देहीको बुटवलबाट गुल्मीको देउरालीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश १००१ ज १३८५ नम्बरको ‘फोर्स’ गाडी शुक्रबार साँझ करिब ६ बजेको समयमा मुसिकोट नगरपालिका–४ दजाकोटमा दुर्घटना हुँदा रेसुङ्गा नगरपालिका–८ का ४५ वर्षीय रविनकुमार श्रीषको मृत्यु भएको जिल्ला प्रहरीका कार्यालय गुल्मीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका श्रीसको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा मृतक श्रीसकी पत्नी वसन्ती र उनका छोरा एक्सन पनि घाइते भएका छन्।

गाडी चालक दिपक सुनार, माधव आचार्य र गंगा भट्टराई पनि घाइते भएका प्रहरीले जनाएको छ। घाइतेहरुलाई गुल्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा ‘रेफर’ गरिएको छ । घाइते पाँचै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button