थप चार उडानका लागि दूतावासले सम्भावित यात्रुहरुको सूची निकाल्यो

कतारबाट नेपाल फर्कने थप चार उडान तय भएको कतारस्थित नेपाली दूतावासले बताएको छ । दूतावासको अनुसार अगस्ट ८ र ९ तारिक हिमालय एयरलाइन्सले र ९ र १० तारिक नेपाल एयरलाइन्सले उडान भर्नेछ ।
नेपाल एयरलाइन्स र हिमालय एयर्लाइन्सबाट हुने जम्मा ४ वटा उडानमा सम्भावित यात्रुुहरुको सुची पनि दूतावासले प्रकाशित गरेको छ । जारी नयाँ यात्रुहरुको सुची स्वीकृतिको लागि कतारको गृह मन्त्रालयमा पठाइसकेको र स्वीकृति पाएकाहरुले मात्र यात्रा गर्न पाउने दूतावासले बताएको छ । पछिल्लो उडानका लागि नाम आएका तर विभिन्न कारणले टिकट काट्न नपाएकाहरुले समेत यस उडानहरु बाट नेपाल जान पाउने दूतावासले जानकारी गराएको छ ।
अगस्ट ९ र १० तारिकका लागि नेपाल एयरलाइन्सको सम्भावित यात्रुहरुको सूची हेर्न यहाँ थिच्नुहोस ।
नेपाल एयरलाइन्सको टिकटको लागि कहाँ सम्पर्क गर्ने ?
Fahd Travels, Jaida Towers (Sales & Reservation)
Abdul Hafeezऽ Mob +974 70665648
Kashi Dhamala, Mob +97466675150
Tel +974 44318080 Fax +974 44214744 Email: doh.sales@nac.com.np, nepalairlinessales@fahdtravels.com
अगस्ट ८ र ९ तारिकका लागि हिमालय एयरलाइन्सको सम्भावित यात्रुहरुको सूची हेर्न यहाँ थिच्नुहोस ।
हिमालय एयरलाइन्स्को टिकटको लागि कहाँ सम्पर्क गर्ने ?
Cleopatra Travels, Doha,
(D-Ring Road
Building No 51, Area No 45,
Area : Old Airport Road in between Lulu & FFC)
Roshan Thakur: 33486465 Tel+974 44435333
Roshanthakur75@gmail.com, Roshan@cleopatraholidays.com
एह्तेराज एप अनिवार्य
नेपाल जानको लागि पिसिआर नतिजाको सर्टिफिकेट नचाहिने तर एह्तेराज एपमा हरियो कोड भने अनिवार्य रहेको दूतावासले जनाएको छ ।
फिट टु फ्लाई प्रमाणपत्र चाहिने
सुत्केरी तथा गर्भवती महिला र कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरुले नेपाल भ्रमण गर्दा फिट टु फ्लाई प्रमाणपत्र साथमा राख्नुपर्नेछ । दूतावासले सूचना जारी गर्दै अन्य बिरामीहरुलाई कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थल बाट उडान गर्न नदिने जानकारी आएपछि दूतावासले उक्त प्रमाणपत्र अनिवार्य गर्नुपरेको जानकारी दिएको छ ।
कम्पनीले भागेको रिपोर्ट दर्ता गरेको भए के गर्ने ?
कम्पनीले कामदार भागेको मुद्दा हालेको छ भने दूतावासको सुचिमा नाम आएकाले टिकट खरिद गरेर सर्च एन्ड फलो अप डिपार्टमेन्टमा गई छाप लगाएर आए मात्र नेपाल फर्कन पाउनेछन् ।