भरतपुर–१० को स्वास्थ्य शिविरमा ३ सय १२ जनाको निःशुल्क स्वास्थ्य परिक्षण

चितवन, मंसिर २९-

चितवनको भरतपुर महानगरपालिका–१० कालिका मन्दिरमा आयोजना भएको स्वास्थ्य शिविरमा ३ सय १२ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । जेष्ठ नागरिक संघ उपशाखाको दोश्रो साधारण सभा एवम् वडा-१० स्तरीय जेष्ठ नागरिक सम्मान तथा स्वास्थ्य शिविरमा ३ सय १२ जनाले स्वास्थ्य परिक्षण गराएका हुन् ।

शिविरमा आँखा, कान, घाँटी, दात, सुगर, प्रेसर, दम, युरिक एसिडलगायत परिक्षण गरिएको वडा १० का अध्यक्ष परमेश्वर खनाले जानकारी दिनुभयो । जेष्ठ नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गदै स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको अध्यक्ष खनालले बताउनुभयो । विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित जेष्ठ नागरिकलाई विगतका वर्षमा पनि स्वास्थ्य परीक्षणका साथै निःशुल्क रुपमा औषधि प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।

साथै कार्यक्रममा २७ वटा टोलका ३ सय जेष्ठ नागरिकलाई सम्मानसमेत गरिएको थियो ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button