धानमन्त्रीद्वारा धान्य पूर्णिमाको शुभकामना

काठमाडौँ, मंसिर ३०-

प्रधानमन्त्री केपी शर्मा ओलीले धान्य पूर्णिमा, उधौली, यमरीपुन्ही र ज्यापु दिवसका अवसरमा ती पर्व मनाउने सबैप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत उहाँले स्थानअनुसारका पर्व मनाइने गरिएको उल्लेख गर्दै भन्नुभएको छ, “आज धान्य पूर्णिमाको दिन । पुरानो कृषि युगमा यस दिनको ठूलो महत्व छ । असारमा रोपेको धान मङ्सिरमा भित्र्याएर प्रमुख खाद्यान्न धानप्रति कृतज्ञ हुने पर्व भएकाले आजको दिनलाई धान्य पूर्णिमा भनिएको हो ।”

प्रधानमन्त्री ओलीले पूर्वी पहाडमा जाडो छल्न उँभो लेकबाट बेँसी (उँधो) झर्ने दिनका रूपमा आज उधौली पर्व मनाइने प्रचलन रहेको बताउनुभएको छ । रासस

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button