कतारमाथि नाकाबन्दीको एक वर्ष पूरा (पूर्णपाठ )

कतार माथि छिमेकी राष्ट्र साउदी अरेबिया,युएई,बहराइन र इजिप्टले लगाएको नाकाबन्दीको आज ठीक एक वर्ष पूरा भएको छ।गत वर्ष आजकै दिन बिहान कतारबासीले आश्चर्यजनक नाकाबन्दीको समाचारका साथ विउँझन परेको थियो।सो दिन बिहानै देखि छिमेकी राष्ट्रहरूले कतार माथि आतंकवादलाई सहयोग गरेको भन्दै कूटनीतिक सम्बन्ध तोडेर कतार सँगको जल,स्थल र हवाई नाका बन्द गर्यो।केही बेरमै नाकाबन्दीको समाचार रेडियो,टेलिभिजन,पत्र पत्रिका मार्फत सार्वजनिक भयो।स्थानीय भन्दा धेरै आप्रवासी नागरिक रहेको कतारमा डर,त्रास र देशको भविष्य बारे चिन्ता बढेको थियो।

किन भयो नाकाबन्दी ?

मे २४, २०१७ मा कतारको आधिकारिक समाचार संस्था ‘क्यूएनए’ ह्याक भयो। युएई र साउदीको मिलेमतोमा ह्याकिङ गरिएको वेबसाइटमा अमिर शेख तमिम बिन हमाद अल-थानीले आश्चार्यजनक भाषण गरेको भन्ने झुटो विवरण प्रकाशित भयो।ती विवरणमा अमिरले इस्लामिक समूहहरू हमास, हेज्बुल्लाह र मुस्लिम ब्रदरहुडको र साउदी अरेबियाको कट्टरविरोधी इरानको प्रशंसा गरिएको थियो। वेबसाइट तुरुन्त फिर्ता ल्याइयो र सो समाचार हटाइयो।त्यसलगत्तै कतारी विदेश मन्त्रालयले अमिरले त्यस्तो भाषणनै नगरेको भन्दै वक्तव्य जारी गर्‍यो।कतारले ‘क्यूएनए’ ह्याकिङको शिकार भएको दाबी गर्यो।देशका प्रमुख नेता र विदेश नीतिबारे झुटा समाचार फैलाउन नियोजित रूपमा त्यस्तो ह्याकिङ भएको कतारले बतायो।’एन्टी-टेरर क्वार्टेट’ भनेर स्वघोषित समूहले कतारसमक्ष विभिन्न १३ वटा माग राख्दै ती १० दिनभित्र पूरा हुनुपर्ने बतायो। ती मागहरूमा अल जजिरा टेलिभिजन बन्द गर्नुपर्ने तथा इरानसँगको सहकार्य तोड्नुपर्ने जस्ता विषय पनि थिए।

कतार सँगको मनमुटाव यो पहिलो पटक थिएन।छिमेकी देशहरु दाउ कुरेर बसिरहेका थिए ।अमेरिकी राष्ट्रपति बाराक ओबामाको समर्थन हुँदा छुन नसकेको ती देशहरुले डोनाल्ड ट्रम्पको सत्ता आएपछि एकाएक कतार सँगको सम्बन्ध आफै बिगारे ।

कतार सँगको मनमुटाव यो पहिलो पटक थिएन।यसअघि कैयौ पटक नाकाबन्दीको प्रयास भइरहेको थियो।तर सोही समाचारलाई आधार बनाउँदै यो पल्ट कतार माथि नाकाबन्दी सुरु गरियो।

यस अघि सन् १९९६ मा साउदीको प्रमुखताका युएई र बहराइनले कतार माथि सैनिक परिचालन गर्दै सत्ता कब्जा गर्न खोजेको थियो।तर यस विषयमा समाचार अगावै चुहिएको कारण ती देशहरूको प्रयास असफल रह्यो।

त्यस्तै गत वर्षको नाकाबन्दी अघि कतारले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै सन् २०१४ को मार्च महिनामा साउदी अरेबिया,युएई बहराइनले आफ्नो राजदूत फिर्ता बोलायो।कतारको स्वतन्त्र वैदेशिक नीतिले छिमेकी देशहरूको टाउको दुखेको थियो।तर अमेरिकी राष्ट्रपति बाराक ओबामाको कतारी समर्थन पछि ती देशहरुले थप कदम चाल्न सकेन।तर सन् २०१६ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सत्ता आएपछि एकाएक खाडी सम्बन्ध बिग्रियो।

कतार झनै बलियो

नाकाबन्दी अहिले आएर सामान्य बनिसकेको छ।यद्यपि नाकाबन्दीमा कतारले ४३ बिलियन अमेरिकी डलर घाटा बेहोर्न बाध्य भएपनि झनै बलियो र स्वतन्त्र हुने मौका पायो।सबैभन्दा पहिले आफू आत्मनिर्भर हुनुपर्ने पाठ सिक्यो ।नाकाबन्दीको पहिलो हप्ता भित्रै कतारले टर्की,ओमान, मोरोको,भारत लगायत बाट खाद्यान्न सामग्री हवाईजहाज र समुद्री जहाज हुँदै ल्याउन सफल भयो।आवश्यक नदेखिएको आफ्नो हमाद बंदरगाह पूर्ण रुपमा सञ्चालन सँगै विस्तार बाट विश्वभर आफ्नो व्यापार रुट विस्तार गर्यो।

नाकाबन्दी लम्बिदै जाँदा १८ सहरको हवाई यात्रा प्रतिबन्ध हुँदै देशको कतार एयरवेजले सबैभन्दा बढी घाटा बेहोर्नु परेको थियो।तर हार नमान्दै एयरवेजले आफ्नो गन्तव्य विश्वको अन्य थप स्थानमा पुर्याउन सफल भयो।कम्पनीले सन् २०१७ मा लगातार चौथो पटक विश्वकै उत्कृष्ट एयरवेजको उपाधि जित्यो।

साउदी अरेबियाले पटक पटक वार्ताको आग्रह अस्वीकार गरेपछि कतार विदेशी सहयोग तर्फ अघि बढ्यो।सर्वप्रथम नाकाबन्दीको ठूलो सफलता कतारले अमेरिकी समर्थन फिर्ता ल्यायो।त्यति मात्र नभएर बेलायत,फ्रान्स,टर्की,रसिया लगायत प्रमुख देश सँगको कुटनीतिक सम्बन्ध अझ सुधार्ने मौका पायो।

विगतमा साउदी अरेबिया संग १०० प्रतिशत डेरी पदार्थको भरमा रहेको कतारले आफै डेरी उत्पादन सुरु गर्यो।एक वर्ष भित्रै कतार डेरी उत्पादनमा आत्म निर्भर बन्यो।त्यस्तै मासु,तरकारी सहित १०० प्रकारको अन्य खाद्यान्न सामग्रीमा कतारमा उत्पादन हुन थाल्यो।त्यस्तै कतारले थप आत्मनिर्भर हुन विभिन्न योजना सञ्चालन गरिरहेको छ।

नाकाबन्दीका कारण देशको जनसंख्या घट्न पर्ने अवस्थामा झनै बढ्यो।मे महिनाको तथ्याङ्क अनुसार कतारमा जनसंख्या वृद्धि भई २७ लाख भन्दा बढी रह्यो।

देशको कुल घरेलु उत्पादन (जीडीपी) २.८ प्रतिशतले बढ्यो।नाकाबन्दीको कारण देशमा विदेशी लगानी हराउन पर्ने अवस्था ठीक उल्टो भयो।अझ साउदी अरेबिया,युएई र बहराइनको जीडीपी लाई कतारले पछि पार्यो।

देशको निर्यात पनि बढ्यो।२०१६ मा ५७ बिलियन अमेरिकी डलर बराबर निर्यात गरेको कतारले एक वर्ष भित्रै बढाएर ६७ बिलियन डलर बनायो।

कतारले विश्वकप पूर्वाधार निर्माणको गति बढाउँदै यो वर्ष ९० प्रतिशत कार्य सम्पन्न हुने घोषणा गर्यो।त्यस्तै २१ वटा इन्टरसेक्सन भएको १९० किलोमीटर अर्वितल हाइवेको निर्माण सम्पन्न गर्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button