काठमाडौँमा आफ्नै शरीरमा आगो लगाउने चितवनकी महिलाको मृत्यु

काठमाडौँ, मंसिर ३०-
आफ्नै शरीरमा पेट्रोल छकेर आगो लगाउने चितवनकी महिलाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका १२ घर भएकी ३८ वर्षीया कमला आचार्यले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ मा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । आचार्यको उपचारको क्रममा साँखु स्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा मृत्यु भएको काठमाडौँका एसएसपी बसन्त रजौरेले जानकारी दिए।
शनिवार बा.३५ प ५८१८ नम्बरको स्कुटर चढेर कागेश्वरी मनोहरा नगरपालिका–८ किराँतचोक स्थित बागमती नदी किनारमा गएर उनले आफैँलाई आगो लगाएकी हुन् । उनी परिवारसँग बौद्ध स्थित नारायणटारमा बस्ने गरेकी थिइन् ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो