धनुषमा छोरी जन्मेको खुसियालीमा विपन्नलाई न्यानो कपडा वितरण

जनकपुरधाम, कात्तिक २०-
धनुषमा छोरी जन्मेको खुसियालीमा एक परिवारले विपन्नहरूलाई न्यानो कपडा वितरण गरेका छन् ।
छोरीप्रतिको दृष्टिकोण परिवर्तन गर्न दोस्रो सन्तानको रुपमा छोरी पाएको खुसीमा बटेश्वर गाउँपालिका-१ चित्रपुरका मनोजकुमार महतो र रेखाकुमारीले सोमबार १७३ विपन्न परिवारलाई फाइवर सिरक वितरण गरेका हुन् ।
नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठ र एमाले मधेश प्रदेशका प्रमुख सचेतक हरिनारायण महतोको हातबाट न्यानो कपडा वितरणको उदघाटन गरिएको थियो ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो