भाइरसको कारण थप एक जनाको ज्यान गयो

कोरोनाभाइरसको कारण कतारमा आज एक ५९ वर्षिय व्यक्तिको ज्यान गएको छ ।
गत चौबिस घण्टामा देशभर थप १६६ जनामा कोरोना भाइरस संक्रमण र १२१ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये १४६ जना स्थानिय र २० जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २,४५,३५४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार २१,९२९ जनालाई परिक्षण गरिएको थियो ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
हालसम्म जाँच भएको संख्या : ३०,६१,३५५ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – ६९ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ९ जना
निको हुनेको संख्या : २,४२,३३६
आज सम्म खोप वितरण : ५०,५९,०२३
बुस्टर डाेज खोप वितरण : १,६६६,८१
आजको खोप वितरण : ४,४१५
निको हुन बाँकीको संख्या : २,४०५
ज्यान जानेको संख्या : ६१३ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।