कतारमा माघ्या सकराटी मनाइने

कतारमा मगर समुदायको महान पर्व माघ्या सकराटी (माघे संक्रान्ति) मनाइने भएको छ ।
मगर संघ कतारको आयोजनामा जनवरी १७ को दिन अबु हमुरस्थित आइडियल ईन्डियन स्कुलमा वनभोज तथा विविध सांस्कृतिक कार्यक्रम हुँदैछ । कार्यक्रममा लोकदोहोरी गायिका सम्झना लामिछाने मगरले विशेष प्रस्तुति दिनेछिन् ।

कार्यक्रममा उपस्थित हुन संघले सूचना जारी गर्दै कतारमा रहेका सम्पुर्ण नेपालीलाई आग्रह समेत गरेको छ । टिकट तथा निशुल्क यातायात सेवाका लागि रेशम आले मगर (५०५०२३९९)
कुमार रहादी मगर (७७७६०८२४) लाई सम्पर्क गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।
माघ महिनाको पहिलो दिन नेपालमा पनि आज घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाएर माघे संक्रान्ति मनाईदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
15
मनपर्यो
8
खुसी लाग्यो
5
दुःख लाग्यो
0
रुन मन लाग्यो
1
हाँसो लाग्यो
0
रीस उठ्यो