सुदूरपश्चिमविरुद्ध ब्याटिङ गर्दै कर्णाली याक्स

काठमाडौं, पुस १-
प्लेअफका लागि जारी एनपिएलमा अन्तिम खेल खेलिरहेको कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सविरुद्ध ब्याटिङ गर्दैछ।
टस जितेर सुदूरपश्चिमले बलिङ रोज्दै कर्णालीलाई ब्याटिङको निम्तो दिएको थियो। शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्ससँग चौथो स्थानमा कर्णाली याक्सको आजको खेल प्लेअफ पुग्नका लागि निर्णयक हुनेछ।
खेल बिहान ९ बजेबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी छ। कर्णाली आजको खेल जितेमात्रै प्लेअफमा पुग्नेछ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो