भरतपुरको पाँडेघुम्तीमा म्याजिकको ठक्करबाट साइकलयात्री गम्भीर घाइते

चितवन, पुस १-
भरतपुर महानगरपालिका–८ पाँडेघुम्तीमा साइकललाई म्याजिकले ठक्कर दिँदा साइकल यात्री गम्भीर घाइते भएका छन् ।
आइतवार साँझ साढे ७ बजेको समयमा ना १ ज ६२५५ नम्बरको म्याजिकले साइकल चालक बर्दिया घर भइ हाल कालिका नगरपालिका–५ पदमपुर बस्ने वर्ष ३१ को सन्तोष थारुलाई ठक्कर दिएको थियो ।
साइकल चलाएर घर फर्किदै गरेका थारुलाई म्याजिकले ठक्कर दिँदा उनको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घाइते थारु ट्याक्टर चालकको रुपमा काम गर्दै आएको खुलेको छ । म्याजिक र म्याजिक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।