नेपाल प्रिमियर लिगमा कर्णाली याक्सको तेस्रो जित

काठमाडौँ, मंसिर २५-

कर्णाली याक्ससँग पराजित भएसँगै नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सको प्लेअफ सम्भावना केही कठिन बनेको छ।

मंगलबारको दोस्रो खेलमा पोखरा कर्णाली याक्ससँग ७ विकेटले पराजित भएको हो।

एनपीएलको चार खेलमा पोखराले ३ खेलमा हार र १ खेलमा मात्र जित निकाल्दै २ अंकमा छ। पराजित पोखरा २ अंकमा पाचौँ स्थानमा छ।

पोखरालाई पराजित गर्दै कर्णालीले भने एनपीएलमा तेस्रो जित निकाल्दै अंकतालिकामा ६ अंक जोडेको छ। जितसँगै कर्णालीको प्लेअफ पुग्ने सम्भावना बलियो बनेको छ।

पोखराले दिएको १ सय ४ रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो।

कर्णालीका लागि गुल्सन झा ४९ र विलियम बसिस्टो २ रनमा अविजित रहे।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button