हिमाल डेण्टले १५ दिनसम्म दन्त शिविर सञ्चालन गर्ने

चितवन, पुस १-
चितवनमा रहेको चितवन हिमाल डेण्टल प्रालिले दन्त शिवर सञ्चालन गरेको छ । २२ औँ वार्षिक उत्सवको अवसरमा शहिदचोक र चितवन मेडिकल अगाडि रहेको हिमाल डेण्टलको कार्यालयमा दन्त शिविर सञ्चालन गरिएको आज (सोमबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ । दन्त शिविर पौस १५ गतेसम्म सञ्चालन हुनेछ । साथै सो अवसरमा दाँत मुख र गिजा सम्बन्धी सम्पूर्ण उपचारमा ३० प्रतिशत छुट दिइने हिमाल डेण्टल प्रालिकी संचालक रञ्जिता जोशीले बताउनुभयो ।
मुख्य कार्यालय शदिचोकमा रहेको हिमाल डेण्टलले निःशुल्क दन्त परीक्षण तथा परामर्श दिने उहाँले बताउनुभयो । शिविरको अवसरमा नमिलेको दाँतलाई वरिष्ट अर्थोडेण्टीकरहरुद्धारा मिलाइने, गिजा सुनिने, श्वास गन्हाउने, गिजाबाट रगत आउने तथा पुरानोभन्दा पुरानो दन्तहर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा, सिमेन्ट भर्ने जस्ता काम गरिने छ । साथै नयाँ दाँत राख्ने, झिक्नुपर्ने अवस्था झिक्नै नपर्ने गरी राख्ने तथा दन्त पत्यारोपण समेत गरिने उहाँले बताउनुभयो । फाइल फोटो
यस समाचारको श्रोत : www.narayanionline.com हो ।