कतारमा कोरोना : ७४ बर्षिय नागरिकको मृत्यु ,नयाँ २३० संक्रमित थपिए

पछिल्लो २४ घण्टामा कतारमा २३० जनामा कोरोना संक्रमित भेटिएका छन् । सार्वजनिक स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित भेटिएका हुन् ।
आज भाइरस देखिएका मध्ये २१४ जना स्थानीय र १६ जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,२३,३७६ पुगेको छ ।
त्यस्तै आज २१४ जना निको भएका छन् भने थप एकको मृत्यु पनि भएको छ । आज मृत्युहुने व्यक्ति उपचार भईरहेका ७४ बर्षिय नागरिक रहेको सार्वजनिक स्वास्थ्य मन्त्रालयले बताएको छ । कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २१० रहेको छ र निको हुनेको संख्या १,२०,३०३ पुगेको छ ।
सार्वजनिक स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ५,०२० जनालाई परिक्षण गरिएको थियो ।
गएको २४ घण्टा भित्रकाे केही तथ्यांक यस्तो छ
अस्पताल भर्ना भएका – ३० जना
अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – ४२७ जना
आईसीयुमा भर्ना भएका – ४ जना
आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – ६० जना
आज सम्म जाँच गरिएको संख्या – ७,२४,०७७ जना
अझै निको हुन बाँकीको संख्या : २,८६३ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न सकिन्छ ।