इदमा सरकारी क्षेत्रलाई पाँच दिन बिदा

इस्लाम धर्मावलम्बीहरूको पर्व “इद अल अधा”को अवसरमा सरकारी क्षेत्रमा पछिल्लो वर्षहरु जस्तै पाँच दिन बिदा हुनेभएको छ ।

सरकारी कार्यालय,मन्त्रालय तथा अन्य सार्वजनिक क्षेत्र भित्र पर्ने कार्यालयहरूमा बिदा शुक्रबार ६ जुन देखि सोमबार जुन ९ सम्म हुने अमिरी दिवानले आज सूचना प्रकाशित गर्दै जानकारी गराएको हो। सम्पूर्ण सरकारी कर्मचारीहरुले मंगलबार जुन १० बाट काम सुचारु गर्नेछन् ।

यो वर्षको बक्र इद जुन ६ तारिक शुक्रबार पर्ने घोषणा भैसकेको छ ।

त्यस्तै गरी कतार केन्द्रीय बैंक(क्युसिबी) अन्तर्गत पर्ने बैंक,वित्तीय संस्था लगायत अन्यलाई क्युसिबीले बिदा तोक्नेछ।

यता कतारस्थित नेपाली दूतावासले पनि जुन ८ तारिक कार्यालय बन्द रहने भन्दै सूचना जारी गरेको छ ।

निजी क्षेत्र

इद अल अधाकै अवसरमा कतारमा निजी क्षेत्रका कामदारहरुले कम्तीमा तीन दिन बिदा पाउने श्रम कानूनमा उल्लेख गरिएको छ। यद्यपि अत्यावश्यक काम गर्नुपर्ने कम्पनीको अवस्थामा इदको पहिलो दिन अनिवार्य बिदा र बाँकी दुई दिन काम लगाए ओभरटाइम दिनुपर्ने नियम रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
5
मनपर्‍यो
खुसी लाग्यो
16
खुसी लाग्यो
दुःख लाग्यो
2
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
1
रीस उठ्यो
Back to top button